`

नेकपा उम्मेदवारहरूले अग्रता लिइरहेका यी १० क्षेत्र

Nepal One HD २३ फागुन २०८२ १०:५७
निर्वाचन विषेश

प्रतिनिधिसभा निर्वाचनमा अहिलेसम्म एक क्षेत्रमा मात्र विजयी भएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार मत गणना चलिरहेका १0 ठाउँमा अगाडी छन्।

अहिलेसम्म रुकुमपूर्वबाट सो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड मात्र विजयी भएका छन्।

मतगणना चलिरहेको रामेछापमा नेकपाका श्यामकुमार श्रेष्ठ, सिन्धुली २ मा लेखनाथ न्यौपाने, काभ्रे १ मा दिन नाथ गौतम, सिन्धुपाल्चोक २ मा युवराज दुलाल, रोल्पा १ मा वर्षमान पुन, सल्यानमा रमेशकुमार मल्ल, डोल्पामा धनबहादुर बुढा, हुम्लामा दीपेन्द्र रोकाया, रुकुम पश्चिममा गोपाल शर्मा र अछाममा भीम रावल अगाडी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *