काठमाडौं उपत्यकामा रास्वपाको ‘क्लिनस्वीप’उन्मुख
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं उपत्यकाको १५ वटै निर्वाचन क्षेत्रमा जित निकाल्ने देखिएको छ ।
नेपालको निर्वाचन इतिहासमा उपत्यकाको सबै क्षेत्रमा कुनै एक दलको विजय सम्भव हुने कहिल्यै देखिएकोे थिएन । यसपटक रास्वपाले जित्ने देखियो ।
काठमाडौं उपत्यकाको काठमाडौंमा १०, ललितपुरको ३ र भक्तपुरको २ दुई क्षेत्र छन् । केहीको निर्वाचन परिणाम आउन बाँकी छ । बाँकी भएकामा पनि रास्वपा उम्मेदवारहरूको निकै फरालिको अन्तर छ, जसले जित निश्चित भन्न मिल्ने भएको छ ।
देशमा प्रजातन्त्रको स्थापनापछि २०१५ सालमा भएको आम निर्वाचन होस् या प्रजातन्त्रको बहालीपछि भएको २०४८ निर्वाचन होस्, त्यसपछि २०६४ को निर्वाचनमा पनि यस्तो भएको थिएन । छासमिस नतिजा आउँथ्यो ।
अझ २०४८ यताको लगातार कुनै एउटा दलले मात्रै निर्वाचन जित्ने क्षेत्रको रुपमा कहलिएको थियो, भक्तपुर–१ । त्यहाँ विगतमा नारायणमान बिजुक्छें अध्यक्ष रहेको नेपाल मजदुर किसान पार्टीले चुनाव जिथ्यो । यसपटक त्यहाँ पनि रास्वपाकै उम्मेदवारले जित्यो ।
ललितपुर–१ मा कांग्रेसका उदयशम्शेर राणाले निर्वाचन जित्ने आकलन गरिएको थियो । तर, त्यहाँ पनि रास्वपाकै उम्मेदवार बुद्धरत्न महर्जनले फराकिलो मतान्तरले जिते ।
यससँगै काठमाडौं उपत्यकामा रास्वपाको क्लिनस्वीप भएको छ ।
