सरकारी अस्पतालमा उपचार गराउन आफ्ना सांसदहरूलाई रविकाे आग्रह
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारी अस्पतालमा सकेसम्म उपचार गराउन आफ्ना सांसदहरूलाई आग्रह गरेका छन् ।
आकस्मिक अवस्थामा भन्दा बाहेक सरकारी अस्पतालमा उपचार गराउन उनले आग्रह गरेका हुन् ।
उनले बुधबार ग्वार्काेमा आयाेजित अभिमुखीकरणामा भने, ‘सक्नुहुन्छ भने सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुस् । सेवालाई चुस्त बनाउनुस् । म बाध्यकारी भन्दिनँ ।’
उनले जनताले दिएको ठूलो जिम्मेवारी ग्रहण गर्नुपर्ने बताउँदै यसलाई ख्याल गर्न आग्रह गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
