`

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने

Nepal One HD ११ चैत २०८२ २०:०२
विश्व

काठमाडौँ। बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी रूपमा बन्द गरेको प्रमुख ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्न पहल गर्ने भएका छन् ।उनीहरूले यस हप्ता करिब ३० देशहरूको वार्ताको अध्यक्षता गर्ने बेलायती सञ्चारमाध्यमले बुधबार जनाएका छन् ।

रक्षा अधिकारीलाई उद्धृत गर्दै ‘द गार्जियन’ ले भनेको छ, “चिफ अफ डिफेन्स स्टाफको बैठक यसै हप्ताको अन्त्यमा हुनेछ। म निकट भविष्यमा ‘स्ट्रेट अफ हर्मुज’ खुला गर्ने पहलका लागि कुनै न कुनै प्रकारको सुरक्षा सम्मेलन हुने अनुमान गर्दछु।”

द टाइम्सले ती अधिकारीलाई उद्धृत गर्दै भनेको छ, “बेलायतले दक्षिणी पोट्र्समाउथ वा लन्डनमा शिखर सम्मेलन आयोजना गर्ने प्रस्ताव गरेको छ ताकि विवरण तयार गर्न र गठबन्धन निर्माण गर्न सकियोस्।”सम्मेलनले जलमार्गको ‘अवस्था सही हुनेबित्तिकै पुनः खोल्न सकिन्छ’ भन्ने सुनिश्चित गर्ने विश्वास गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *