`

ओली पक्राउपछि एमालेको थाल्यो प्रदर्शन (भिडियो)

Nepal One HD १४ चैत २०८२ ९:५२
नेकपा एमाले

काठमाडौं । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमाले काठमाडौंले चाबहिलमा प्रदर्शन थालेको छ ।

सचिवालय बैठक च्यासलमा जारी छँदा चाबहिलमा प्रदर्शन चर्किएको हो । एमालेले ओलीको पक्राउलाई प्रतिशोधपूूर्ण र पूर्वग्रहपूर्ण भनेको छ ।

राजनीतिक र कानुनी दुवै कोणबाट प्रतिवाद गर्ने चेतावनी दिएको छ । सडक, सदन र अदालत तीनवटै मोर्चाबाट एमालेले प्रतिरोध गर्ने जनाएको छ ।

पूर्वप्रधानमन्त्री ओलीलाई आज बिहानै भक्तपुरको गुुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि आज बिहानै प्रहरीले पक्राउ गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *