`

पूर्णबहादुर खड्काले बोलाए जिल्ला सभापतिको बैठक

Nepal One HD १६ चैत २०८२ ११:०२
नेपाली कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जिल्ला सभापतिहरूको बैठक आह्वान गरेका छन्।  १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठकको तयारी गरिरहेका उनले विशेष महाधिवेशनको पक्षमा नरहेका जिल्ला सभापतिहरूलाई लक्षित गर्दै यो भेला आह्वान गरेका हुन्।

उक्त भेला चैत १९ गतेका लागि तय गरिएको छ। पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले केन्द्रीय कार्यसमितिको बैठक समेत बोलाएका छन्।

बैठक धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा मंगलबार बिहान ११ बजेदेखि सुरु हुने र दुई दिनसम्म चल्ने बताइएको छ। एक केन्द्रीय सदस्यका अनुसार बैठकमा विशेष महाधिवेशन अस्वीकार गरेका प्रदेश सभापतिहरूलाई समेत निमन्त्रणा गरिएको छ।

गत पुस अन्त्यतिर सम्पन्न विशेष महाधिवेशनमा कोशी प्रदेशका उद्दव थापा, मधेशका कृष्ण यादव, बागमतीका इन्द्रबहादुर बानियाँ, कर्णालीका ललितजंग शाही र सुदूरपश्चिमका वीरबहादुर बलायर सहभागी भएका थिएनन्।

यीमध्ये थापा, यादव र बानियाँ भने प्रतिनिधिसभा निर्वाचनपछि बसेको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठकमा समेत सहभागी भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *