थुनामा रहेका पूर्वमन्त्री खड्काको स्वास्थ्यमा समस्या,त्रिवि शिक्षण अस्पताल भर्ना
नेपाली कांग्रेस
काठमाडौं। पूर्वमन्त्री दीपक खड्कालाई अस्पताल भर्ना गरिएको छ । थुनामा रहेका खड्कालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएकोसम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको हो।
विभागले अदालतबाट ७ दिनको म्याद लिएर उनलाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखेकोमा गएराति साढे १२ बजेतिर बान्ता भएपछि अनुसन्धान अधिकृतसँगको समन्वयमा खड्कालाई नर्भिक अस्पताल लगिएको थियो ।
निरन्तर बान्ता भएपछि नर्भिक अस्पतालले पुर्वमन्त्री खड्कालाई त्रिवि शिक्षण अस्पतालमा रिफर गरेको थियो । अहिले शिक्षण अस्पतालमा भर्ना गरेर खड्काको उपचार भइरहेको विभागले जनाएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्का विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
