`

भूमिगत भएको चर्चाबीच महेश बस्नेतको स्टाटस : ‘आन्दोलनको मोर्चामा भेट हुनेछ’

Nepal One HD १६ चैत २०८२ १३:०७
अर्थ समाचार

काठमाडौं । कार्यकर्तालाई जुरुक्क उचालेर सडकमा उतारेर आफू चै‌ं कता ‘भूमिगत’ भए भन्ने चर्चा चलिरहँदा ‘एमाले सचिव महेश बस्नेत’ले सामाजिक सञ्जाल फेसबुक स्टाटस मार्फत आन्दोलनको मोर्चामा भेट हुने सन्देश दिएका छ्न्।

आइतबार साँझ केही समय मोबाइल अफ भएपछि उनी फरार भएको चर्चा चुलीएपछि बस्नेतको सोमबार  यस्तो स्टाटस आएको हो।  अहिले आफ्नो फोन सञ्चालनमा रहेको भन्दै फोन अफ भएको आधारमा फरार भएको हल्ला निराधार भएको उनले स्पष्ट पारे।

बस्नेतले दिउँसो माइतीघर मण्डलामा आयोजना हुने विरोध कार्यक्रममा सहभागी हुन समेत आह्वान गरेका छन्। उनले बालेन नेतृत्वको सरकार अधिनायकवादी र निरंकूश शैलीमा अघि बढिरहेको आरोप लगाएका छन्। साथै, उनले गृहमन्त्री सुधन गुरुङलाई ‘कथित गृहमन्त्री’ भन्दै आन्दोलनको मोर्चामा सहभागी हुन आह्वान गरेका छन्।

उनले स्टाटसमार्फत नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको ‘प्रतिशोधपूर्ण गिरफ्तारी’ र सरकारका गतिविधिको विरोधमा राजधानी प्रदेशले आयोजना गर्ने प्रदर्शनमा सशक्त सहभागिताका लागि अपिल गरेका हुन् । यता गृहमन्त्री गुरुङ पक्ष भने बस्नेतलाई पक्राउ गर्ने तयारीमा रहेको बताइएको छ।

गृहमन्त्रीले बस्नेतलाई छिट्टै पक्राउ गर्न निर्देशन दिइसकेका छन् र एक-दुई दिनभित्रै पक्राउ पर्ने दाबी गरिएको छ। यद्यपि, कुन आरोपमा पक्राउ गर्ने भन्ने विषय खुलाइएको छैन।

बस्नेतविरुद्ध शोभा पाठकले दायर गरेको मुद्दा हाल अदालतमा विचाराधीन अवस्थामा रहेको छ । पाठकले आइतबार बस्नेतलाई पक्राउ गर्नुपर्ने मागसहित सरकारी वकिल कार्यालय पुगेकी थिइन्। बस्नेतले भने आफूविरुद्ध पक्राउ गर्न कुनै आधार नभएको बताउँदै आएका छन्।

बस्नेतले आफूलाई गिरफ्तार गरेर आन्दोलन कमजोर पार्ने प्रयास भइरहेको बताउंदै आएका छ्न् ।

बस्नेतकाे पाेष्ट-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *