बालेन सरकारविरुद्ध प्रदर्शन चर्कियो, बालेनको राजीनामा माग गुञ्जियो (भिडियो लाइभ)
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को राजीनामा माग भएको छ । नेकपा एमालेका कार्यकर्ताहरूले सोमबार काठमाडौंमा प्रदर्शन गर्दै उनको राजीनामा मागेका हुन् ।
शनिबार पूर्वप्रधानमन्त्रीसमेत रहेका आफ्ना अध्यक्ष ओली पक्राउ परेका थिए । त्यसपछि आक्रोशित एमाले नेता कार्यकर्ताहरूले ओलीको स–सम्मान रिहा गर्न दबाब दिँदै दिनहुँ प्रदर्शन गरिरहेका छन् । यस्तोमा सोमबार भने प्रधानमन्त्री बालेनको राजीनामा मागे ।
गौरीबहादुर कार्की आयोगको एकपक्षीय र अधुरो प्रतिवेदनका आधारमा पूर्वप्रधानमन्त्री ओली र उनको मन्त्रिपरिषद्का गृहमन्त्री रहेका कांग्रेस नेता रमेश लेखकलाई शनिबार बिहानै प्रहरीले पक्राउ गरेको थियो ।
शनिबार नै पदभार ग्रहण गरेका बालेनले सोही साँझ बसेको मन्त्रिपरिषद् बैठकबाट कार्की प्रतिवेदन कार्यान्वयन गर्ने र ओली–लेखकलाई कारबाही गर्ने निर्णय गरेको थियो ।
निर्णय गरेको ९ घण्टा नबित्दै प्रहरीले ओली र लेखकको पक्राउ भयो । यसपछि काठमाडौंसहित देशका विभिन्न ठाउँमा दिनहुँ प्रदर्शन भइरहेको छ ।
