ज्यान मार्ने धम्की दिएको भन्दै साम्पाङ पुगे साइबर ब्युरो
प्रमुख खबर
काठमाडौं । श्रम,संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आफूमाथि ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरो पुगेका छन् । सुनिता खड्का नामकी एक महिलाले आफूलाई धम्की दिएको भन्दै सोमबार साम्पाङ ब्युरो पुगेका हुन् ।
उनले ब्युरो पुगेर उजुरी दिएका छन्। साथै, उजुरीमा खड्कालाई रास्वपाको समर्थक भएको उल्लेख गरेका छन् ।
उनले उजुरीमा रास्वपाकी समर्थक खड्काले टिकटकमार्फत ज्यान मार्ने र घर जलाउनेसम्मको धम्की दिँदै आमसञ्चारमा अत्यन्त आपत्तिजनक र पाशविक शैलीमा गालीगलौज गरेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।
साम्पाङ उजुरीमा ती व्यक्तिलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही गर्नसमेत आग्रह गरिएको छ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
