`

प्रधानमन्त्री बालेनको वाचा, ‘जरूरी आयोजनालाई प्राथमिकता दिएर अघि बढाउनेछौँ’

Nepal One HD १७ चैत २०८२ १५:००
राजनीति

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले अत्यन्त जरुरी आयोजनाहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने बताएका छन् ।

सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गर्दै मंगलबार सिंहदरबारमा प्रधानमन्त्री शाहले अत्यन्त जरुरी आयोजनालाई बजेटको सीमाभित्र रहेर प्राथमिकतामा आधारमा अघि बढाउने प्रतिबद्धता बताएका हुन्।

छलफलकामा प्रधानमन्त्री शाहले प्रदेशमा अघि बढ्न नसकेका जरुरी योजनाहरूका बारेमा जानकारी लिएको कैलाली-४ बाट निर्वाचित सांसद खेमराज कोइरालाले जानकारी दिए ।

सुदूरपश्चिममा तत्काल आवश्यक २ अर्ब ६० करोड आसपासको बजेटलाई विनियोजन गर्न आफूहरूले आग्रह गरेको र प्रधानमन्त्रीबाट सकारात्मक जवाफ प्राप्त भएको उनले बताए ।

सांसद कोइरालाले बजेटको आकार हेरेर जरुरी योजनाहरूलाई अघि बढाउने समेत प्रतिबद्धता आएको जानकारी दिए ।

प्रधानमन्त्री शाहले यसअघि पनि सोमबार कोशी र कर्णाली प्रदेशबाट निर्वाचित विभिन्न दलका सांसदहरूसँग छलफल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *