सरकारले राम्रो काम गरेको रास्वपा सभापति रवि लामिछानेको दाबी (भिडियो)
प्रमुख खबर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले ‘राम्रो काम’ गरिएको बताएका छन् ।
एकपक्षीय र अधुरो कार्की आयोगको प्रतिवेदनका आधारमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरू पक्राउ परेको र शासकीय सुधारका १०० कार्यसूची सार्वजनिक गरेको पृष्ठभूमिमा रविको यस्तो प्रतिक्रिया आएको हो ।
उनले सरकारको मूल्याङ्कन गर्ने काम जनताको भएको बताए । ‘सरकारले राम्रो काम गर्दैछ, तपाईंहरू (पत्रकार)ले र नागरिक समाजले हुर्नुपर्यो, हामी त सरकारमा छौँ,’ उनले भने, ‘हाम्रो कामलाई कसरी हेर्ने भन्ने कुरा नागरिक र तपाईंहरूलाई जिम्मेवारी दिन्छौँ ।’
लामिछानेको दल रास्वपाले १३ चैतमा बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
