`

सरकारले राम्रो काम गरेको रास्वपा सभापति रवि लामिछानेको दाबी (भिडियो)

Nepal One HD १८ चैत २०८२ १९:०२
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले ‘राम्रो काम’ गरिएको बताएका छन् ।

एकपक्षीय र अधुरो कार्की आयोगको प्रतिवेदनका आधारमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरू पक्राउ परेको र शासकीय सुधारका १०० कार्यसूची सार्वजनिक गरेको पृष्ठभूमिमा रविको यस्तो प्रतिक्रिया आएको हो ।

उनले सरकारको मूल्याङ्कन गर्ने काम जनताको भएको बताए । ‘सरकारले राम्रो काम गर्दैछ, तपाईंहरू (पत्रकार)ले र नागरिक समाजले हुर्नुपर्‍यो, हामी त सरकारमा छौँ,’ उनले भने, ‘हाम्रो कामलाई कसरी हेर्ने भन्ने कुरा नागरिक र तपाईंहरूलाई जिम्मेवारी दिन्छौँ ।’

लामिछानेको दल रास्वपाले १३ चैतमा बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *