`

रास्वपालाई संसदमा बहुमत छ, जनमतमा अल्पमत : बादल (भिडियो)

Nepal One HD १८ चैत २०८२ १९:३२
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेले हालै सम्पन्न निर्वाचनमा भोगेको पराजयलाई स्वीकार गर्दै प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने जनाएको छ।

नवनिर्वाचित एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको म्यान्डेटलाई सम्मान गर्दै पार्टी प्रतिपक्षमा बसेर जिम्मेवार भूमिका खेल्ने बताएका छन्।

उनले भने, ‘यो निर्वाचनमा हामीले ठूलो पराजय भोग्नुपर्‍यो, त्यो पराजयलाई हामीले स्वीकार गरेका छौँ।’

विगतमा सत्ता सञ्चालन गरेका दलहरू नेपाली कांग्रेस, एमाले, हालको नेकपा तथा मधेसवादी दलहरूलाई जनताले अहिले प्रतिपक्षको भूमिकामा राखेको भन्दै उक्त भूमिका स्वीकार गर्ने बताए ।

थापाले संसदभित्र प्रतिपक्षको भूमिका दृढतापूर्वक निर्वाह गरिने स्पष्ट पार्दै सरकारलाई आवश्यक ठाउँमा खबरदारी गर्ने बताए।

यससँगै उनले वर्तमान सत्ता पक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभामा बहुमतमा भए पनि जनमतका आधारमा अल्पमतमा रहेको दाबी गरे।

उनले करिब एक करोड आठ लाख मत खसेको उल्लेख गर्दै रास्वपाले झण्डै ४७ प्रतिशत मत प्राप्त गरेको र बाँकी मत प्रतिपक्षी दलहरूको पक्षमा गएको बताए। उनले भने, ‘यस हिसाबले जनमतको दृष्टिले प्रतिपक्ष बहुमतमा छ, संसदको अंकगणितमा मात्रै अल्पमतमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *