`

२७ दिनपछि परिवारले बुझे इनिशाकाे शव

Nepal One HD १९ चैत २०८२ ११:२५
अपराध

काठमाडौं । १६ वर्षीया किशोरी इनिशा  विकको बलात्कार पछिको हत्या प्रकरणमा परिवारले २७ दिनपछि उनको शव बुझेका छन्। 

लामो समयदेखि अनुसन्धान र कानुनी प्रक्रिया चलिरहेकाले शव बुझ्न ढिलाइ भएको थियो।

परिवारका सदस्यहरूले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै आएका थिए। उनीहरूको मागअनुसार सम्बन्धित निकायले अनुसन्धान प्रक्रिया अगाडि बढाएको र आवश्यक प्रमाण संकलन गरिएको जनाइएको छ। यसैबीच, शव बुझ्न ढिलाइ हुँदा स्थानीयस्तरमा समेत चासो र आक्रोश देखिएको थियो।

परिवारले आइतबार बिहान शव बुझेपछि अन्त्येष्टि गर्ने तयारी गरिएको छ। भेरी पुल नजिकको सानोघाटमा आजै दाहसंस्कार गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ। आफन्त तथा स्थानीयवासीहरू अन्तिम श्रद्धाञ्जली दिन त्यहाँ भेला हुने अपेक्षा गरिएको छ।

इन्दिशाको मृत्युले समाजमा गम्भीर प्रश्न उठाएको छ। विशेषगरी किशोरीहरूको सुरक्षा, न्याय प्रणालीको प्रभावकारिता र घटनाको छानबिनप्रति आम जनताको चासो बढेको देखिन्छ। यस घटनाले फेरि एकपटक संवेदनशील मुद्दामा छिटो र पारदर्शी अनुसन्धानको आवश्यकता औंल्याएको छ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ भने परिवारले न्याय नपाएसम्म संघर्ष जारी राख्ने बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *