एमाले नेता गुरु बरालको आरोप- ओलीमाथि प्रतिशोध साँधियो
काठमाडौं। फागुन २१ गते सम्पन्न निर्वाचनबाट प्राप्त ताजा जनादेशका आधारमा गठित प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै एमालेले आपत्ति जनाएको छ।
बैठकको सुरुमै एमालेका सांसदहरुले आसनबाट उठेर बोल्न समय मागेसँगै सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले एमाले सांसद गुरु बराललाई बोल्न समय दिए ।
उनले एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता रमेश लेखकलाई सरकारले पक्राउ गरेकामा आपत्ति जनाए ।
‘अध्यक्ष ओली र कांग्रेस लेखकलाई सरकारले प्रतिशोधपूर्ण ढंगले पक्राउ गरेको छ। यो आफैंमा निन्दनीय छ। मुलुकी फौजदारी कार्यविधिको दफा १८१ र १८२ गलत ढंगबाट प्रयोग गरेर उहाँहरुलाई बन्दी बनाइएको छ,’ उनले थपे, ‘यो गम्भीर आपत्तिको विषय छ । यो विषयलाई लिएर देशव्यापी विरोध प्रदर्शन भइरहेको छ । आज सरकारले निर्मम दमन गरिरहेको छ ।’
एमाले प्रतिनिधिसभाको तेस्रो दल हो ।
