`

प्रतिनिधिसभा बैठक : ओली र लेखकको रिहा गर्न एमालेको माग (भिडियो)

Nepal One HD १९ चैत २०८२ १४:२८
नेकपा एमाले

काठमाडौं । प्रतिनिधिसभा बैठकको प्रारम्भमै एमालेले अवरोध गरेको छ । बैठकका अध्यक्षता ग्रहण गरेका अर्जुननरसिंह केसीले बैठकको कारबाही सुरु गरे लगत्तै एमाले सांसदहरू उभिए ।

अध्यक्ष केसीले प्रतिनिधिसभा नियमावली पारित गर्न बाँकी रहेको र संसद्को पहिलो बैठक शान्तिपूर्ण ढंगले चलोस् भन्ने बुधबारको छलफलको निर्णय स्मरण गराए । तर, एमाले सांसदहरू बसेनन् ।

त्यसपछि एमाले सांसद गुरु बराललाई उनले बोल्न समय दिए । बरालले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनका सरकारमा गृहमन्त्री रहेका कांग्रेस नेता रमेश लेखकको पक्राउबारे आपत्ति जनाए ।

उनीहरूको रिहाइको माग गर्दै आन्दोलन गर्दा सरकारले दमन गरेको बताए । उनले ओली र लेखकको रिहाइ माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *