`

चार अर्ब अपचलनको आरोपमा चार जना पक्राउ

Nepal One HD २० चैत २०८२ १५:०७
अपराध

काठमाडौं। ललितपुर प्रहरीले ताल्छिखेलमा सञ्चालित गोरखा सेभिङ्ग एण्ड क्रेडिटका अध्यक्ष इमानसिंह राईसहित चार जनालाई पक्राउ गरेको छ। अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टका अनुसार अध्यक्ष इमानसिंह राईसहित ४ जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा सीइओ लालबहादुर क्षेत्री र अविनकुमार राई, साथै लेखा समिति सदस्य कर्णबहादुर राई रहेका छन्।
एसपी भट्टका अनुसार उनीहरूलाई ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ। ललितपुर प्रहरीले आरोपितविरुद्ध चार दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।

पक्राउ परेका आरोपीमाथि बचतकर्ताको करिब ४ अर्ब ५ करोड ६० लाख ६८ हजार रुपैयाँ अपचलन गरेको आरोप छ। उक्त सहकारीमा हाल १० हजार ५९८ जना बचतकर्ता रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *