`

पक्राउ परेको छैटौँ दिनमा कार्यकर्तालाई ओलीका पाँच सन्देश

Nepal One HD २० चैत २०८२ २०:४५
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पक्राउ परेको छैटौँ दिनमा पार्टी पंक्तिलाई महत्वपूर्ण सन्देश जारी गरेका छन् । स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेका ओलीले आन्तरिक एकता कायम राख्न र विरोधीको खेलमा नफस्न कार्यकर्तालाई आह्वान गरे ।

एमाले केन्द्रीय सदस्य नगिन्द्र शाहीका अनुसार अध्यक्ष ओलीले पाँचवटा सन्देश पठाएका छन् ।

१.
अध्यक्ष कमरेड केपी ओलीले उच्च मनोबल र दृढ़ संकल्पका साथ बताउनुभयो कि २३/२४ गतेका घटनाको सत्य तथ्य सधैंका लागि कहाँ लुक्ला र ? यो छिटै बाहिर आउछ ।
२.
एमालेलाई आज मात्र प्रहार भएको हो र ? विगतदेखि प्रहार हुँदै आएको छ, एमालेलाई जनताले कमजोर बनाउने परिस्थिति सिर्जना नहुँदा जनताको नाममा केही प्रायोजित मान्छेहरूले भावनाको व्यापार गरे त्यसलाई हामीलाई च्यात्न सकेनौं ।
३.
समय सधैं एकनासको हुँदैन, हामीले हाम्रो प्रतिबद्धता,सत्यसँग नलड्नु,असत्यसँग नझुक्नु यसमा लडखडाउनु हुन्न। सधैंझै संघर्षलाई जारी राख्नुपर्छ ।
४.
कुरा स्पष्ट छ, त्यो सबैलाई थाहा पनि छ,राष्ट्रियता रक्षा र समृद्धिको सपना साकार पार्न लाग्दा ज्यान लिने समेतका षड्यन्त्र नभएका थिएनन्, अहिलेसम्म बाँचिएको छ, अहिले अस्थायी घेराबन्दीको यो चरम रूप हो ।
५.
कार्यकर्तापंक्तिले यतिबेला बिरोधिको मसाल बन्नुहुन्न,अझै एकताबद्ध भएर वास्तविकता र यथार्थलाई उजागर गर्न लाग्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *