`

विमानस्थलमा यात्रुलाई दुख दिने १८ जना पक्राउ

Nepal One HD २१ चैत २०८२ ९:५५
अपराध

काठमाडौं।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा यात्रुहरूलाई दुःख दिने गतिविधिमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार उनीहरूलाई शुक्रबार राति करिब १० बजे विमानस्थल परिसरबाट नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा सर्लाहीका १८ वर्षीय सूर्य माझी, बाँकेका २२ वर्षीय एकेश तामाङ, पाँचथरका २६ वर्षीय प्रेमकुमार मगर, सिन्धुलीका ३२ वर्षीय राजकुमार राई, मकवानपुरका ४० वर्षीय मंगलमान घलान, ३४ वर्षीय विश्व मोक्तान, पाँचथरकै ३८ वर्षीय खगेन्द्र लिम्बू, मोरङका २९ वर्षीय आशिष खतिवडा, धनुषाका ४५ वर्षीय वीरेन्द्र झा छन्।

प्रहरीका अनुसार उनीहरूले विमानस्थल क्षेत्रमा यात्रुहरूलाई जबरजस्ती तान्ने, दुःख हैरानी दिने, विभिन्न प्रलोभनमा पारेर आफ्नो सम्पर्कका होटलहरूमा लैजाने र त्यसबापत होटल तथा यात्रुबाट कमिसन लिने काम गर्दै आएका थिए। साथै, आपसी झगडा गरी अभद्र व्यवहार गर्ने आरोप पनि उनीहरूमाथि लागेको छ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *