ओली-लेखकलाई तुरुन्त रिहा गर्न एमाले सांसद विकको माग (भिडियो)
अपराध
काठमाडौं। पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई तुरुन्त रिहा गर्न एमाले सांसद विष्णुमाया विकले पार्टी माग गरेकी छिन् । सोमबार प्रतिनिधिमामा बोल्दै विकले ओली–लेखक भाग्ने र प्रमाण नष्ट हुने सम्भावना नरहेको भन्दै रिहाइको माग गरेकी हुन्।
उनले भनिन्, ‘हाम्रा अध्यक्ष केपी शर्मा ओली र रमेश लेकखलाई गिरफ्तार गरिएको छ । उहाँहरू भाग्ने र प्रमाण नष्ट गर्ने सम्भावना छैन । सरकारमा पनि हुनुहुन्न । ठुलो दुर्घटना भएको छ देशमा । उहाँहरूलाई बिनासर्त रिहा गरियोस्।’
उनले पार्टीमा आस्था राखेकै कारण अभद्र व्यबहार गर्न नहुने समेत उनले जिकिर गरिन्।
भिडियो :
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
