हत्या गरेर फरार भएका केसी २९ वर्षपछि पक्राउ
अपराध
स्याङ्जा। कर्तव्य ज्यान मुद्दामा फरार रहेका ६३ वर्षीय हेमबहादुर केसी २९ वर्ष ७ महिनापछि पक्राउ परेका छन्।
प्रहरीका अनुसार केसीले २०५३ साल कात्तिक ३ गते वालिङस्थित सिद्धार्थ राजमार्गमा तत्कालीन वालिङ गाविस-६ निवासी रनबहादुर सारूको हत्या गरेका थिए। उक्त घटनामा सर्वोच्च अदालतले उनलाई १९ वर्ष ७ महिना २१ दिनको कैद सजाय तोकेको थियो।
सजाय तोकिएपछि लामो समयसम्म फरार रहेका केसीलाई हालै प्रहरीले पक्राउ गरेको हो। प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराई जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिएका छन्।
प्रहरीका अनुसार घटनालाई सवारी दुर्घटनाको स्वरूप देखाउने प्रयास गरिएको आशंका पनि गरिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
