`

रिहाइपछि लेखकले भने – ‘कानुनी र राजनीतिक लडाई जारी रहनेछ।’

Nepal One HD २७ चैत २०८२ ११:३२
नेपाली कांग्रेस

काठमाडौं । कांग्रेस नेता तथा पुर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनलाई पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित भन्दै आफ्नो पक्राउ अन्यायपूर्ण भएको बताएका छन्।

सामाजिक संजाल फेसबुकमा लेख्दै उनले सोही प्रतिवेदनका आधारमा आफूलाई फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखिएको उल्लेख गर्दै बिहीबार रिहा भएको जानकारी दिएका छन्।

उनले लेखेका छन्, ‘मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरू, अधिकारकर्मी, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू, शुभ चिन्तक साथीहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु।’

साथै, उनलाई रिहा गर्न परमादेश जारी गर्ने सर्वोच्च अदालत प्रति उनले उच्च सम्मान व्यक्त गरेका छन्।

उनले थपेका छन्, ‘म क़ानून पालना गर्ने र न्यायमा विश्वास गर्दछु। बाँकी कानुनी र राजनीतिक लडाई जारी रहनेछ।’

उनले आफू कानून पालना गर्ने र न्यायमा विश्वास गर्ने व्यक्ति भएको बताउँदै बाँकी कानुनी तथा राजनीतिक लडाइँ जारी रहने स्पष्ट पारेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *