`

चीनले गर्यो नयाँ इन्टरनेट उपग्रह समूहको सफल प्रक्षेपण

Nepal One HD २७ चैत २०८२ १३:१६
विज्ञान-प्रविधि

एजेन्सी।  चीनले अन्तरिक्ष क्षेत्रमा आफ्नो प्रगतिलाई निरन्तरता दिँदै नयाँ इन्टरनेट उपग्रहहरूको समूह सफलतापूर्वक प्रक्षेपण गरेको छ।

उत्तर चीनको शान्सी प्रान्तस्थित ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट बिहीबार बिहान उक्त प्रक्षेपण सम्पन्न गरिएको हो।

परिमार्जित ‘लङ मार्च–६’ रकेटमार्फत उपग्रह समूह अन्तरिक्षतर्फ पठाइएको थियो। बिहान ३ बजेर ३८ मिनेटमा गरिएको प्रक्षेपणपछि ती उपग्रहहरू सफलतापूर्वक आफ्नो निर्धारित कक्षामा प्रवेश गरेको जनाइएको छ।

यो समूह कम कक्षामा रहने इन्टरनेट उपग्रहहरूको २१औँ समूह हो। यी उपग्रहहरूको मुख्य उद्देश्य विश्वव्यापी इन्टरनेट सेवा विस्तार गर्नु रहेको छ। विशेषगरी दुर्गम तथा पहुँच बाहिर रहेका क्षेत्रमा सञ्चार सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ।

यस परियोजनाले डिजिटल पहुँच विस्तार गर्न र प्रविधिमा आधारित सेवाहरूलाई अझ व्यापक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उक्त प्रक्षेपण ‘लङ मार्च’ शृङ्खलाको ६३७औँ उडान अभियान पनि हो, जसले चीनको अन्तरिक्ष कार्यक्रम निरन्तर रूपमा अघि बढिरहेको संकेत गर्दछ।

पछिल्ला वर्षहरूमा चीनले उपग्रह प्रक्षेपण, अन्तरिक्ष अनुसन्धान र सञ्चार प्रविधिमा उल्लेखनीय प्रगति गर्दै आएको छ। यस उपलब्धिले चीनको अन्तरिक्ष क्षमता थप सुदृढ बनाउनुका साथै विश्वव्यापी इन्टरनेट सञ्जाल विस्तारमा नयाँ योगदान दिने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *