पाँच जना पक्राउ
अपराध
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानमा सञ्चालन गरिएको चेकिङका क्रममा लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार, सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमानबाट खैरो हेरोइन, चिकित्सकको सिफारिसमा मात्र किनबेच हुनसक्ने ट्रामाडोल र स्पास्पेन ट्याब्लेटसहित दुई जनालाई शुक्रबार पक्राउ गरिएको हो।
त्यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका-१० घुइँयाघाटबाट ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरिएको छ।
पक्राउ परेका पाँचैजनालाई हिरासतमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
