गृहमन्त्रीको राजीनामा माग्दै नेविसंघले घेर्यो सिंहदरबार, कार्यकर्ता पक्राउ
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सिंहदरबारभित्रै पुगेर प्रदर्शन गरेको छ ।
मंगलबार न्बिसंग अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक चलिरहेका बेला नेविसंघका कार्यकर्ताहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेका हुन् ।
गृहमन्त्रीको राजीनामा र मूल्यवृद्धि नियन्त्रणको माग गर्दै प्रदर्शन गरिएको नेविसंघका केन्द्रीय सदस्य भुवन भट्टले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री कार्यालयअगाडि नाराबाजीसहित प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा भुवन भट्ट, कुम्भराज देउवा, मञ्जन देवकोटा, प्रज्ञा योगी, सुनिल ऐडीलगायत सहभागी थिए ।
उनीहरूले सरकार जनताप्रति जबाफदेही हुनुपर्ने, गम्भीर नैतिक प्रश्न उठेपछि सम्बन्धित मन्त्रीले छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्ने माग गरेका छन् ।
प्रदर्शनमा सहभागी कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
