राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालको विपद् व्यवस्थापनका विषयमा ‘राष्ट्रिय नीति मन्थन’ कार्यक्रम गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपालको विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनका विषयमा ‘राष्ट्रिय नीति मन्थन’ कार्यक्रम आयोजना गर्ने भएको छ ।
पार्टीको ‘पार्टी संसद-सरकार समन्वय समिति’ले नेपालको विपद जोखिम न्यूनीकरण तथा विपद व्यवस्थापनका विषयमा राष्ट्रिय नीति मन्थन कार्यक्रम आयोजना गर्न लागेको पार्टीले जनाएको छ ।
पार्टीको ‘पार्टी(सांसद(सरकार समन्वय समिति’को आयोजनामा यो विशेष अन्तरक्रिया कार्यक्रम हुन लागेको हो। मुलुकमा विपद्को जोखिम बढ्दै गएको सन्दर्भमा प्रभावकारी नीति निर्माण र व्यवस्थापनका उपायहरूबारे छलफल गर्न यो कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ।
आगामी वैशाख २७ गते आइतबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभा हलमा दिउँसो ३ देखि ६ बजेसम्म कार्यक्रम सञ्चालन हुने रास्वपाका महामन्त्री एवं समन्वय समितिका संयोजक भूप देव शाहले जानकारी दिए ।
