`

भगवानको रक्षा गर्न खरेलले गरे सरकारसँग माग(भिडियाे)

Nepal One HD ५ जेठ २०८३ १२:०९
भिडियो

काठमाडौं ।  ललितपुरमा देवताका मूर्ति चोरीका घटना बढ्दै गएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल ले चिन्ता व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खरेलले पछिल्लो समय ललितपुर क्षेत्रमा देवताका मूर्ति चोरी हुने घटना तीव्र बनेको बताए। उनले धार्मिक तथा सांस्कृतिक सम्पदामाथि भइरहेको आक्रमण रोक्न सरकार गम्भीर बन्नुपर्ने धारणा राखे।

खरेलले ऐतिहासिक तथा धार्मिक महत्व बोकेका मूर्तिहरूको संरक्षणका लागि प्रभावकारी सुरक्षा व्यवस्था आवश्यक रहेको उल्लेख गरे। उनले यस्ता घटनाले स्थानीय समुदायको आस्था र सांस्कृतिक पहिचानमाथि असर पुग्ने बताए।

सांसद खरेलले मूर्ति चोरीमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्न तथा सम्पदा संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने मागसमेत गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *