`

विवादित रास्वपा सांसद कार्की दोषी देखिए कारबाही गर्न माग(भिडियाे)

Nepal One HD ५ जेठ २०८३ १२:२६
भिडियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीसँग जोडिएको विवादित विषय प्रतिनिधिसभामा उठेको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपाकी सांसद पार्वती विकले सांसद कार्कीमाथि लागेको आरोपबारे सदनको ध्यानाकर्षण गराएकी हुन्।

सांसद कार्कीमाथि नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर सम्पर्कविहीन भएको आरोप सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको भन्दै उनले त्यसबारे स्पष्टता माग गरिन्।

‘एकजना सत्तापक्षका सांसदले विदेशी महिलालाई गर्भवती बनाएर बेपत्ता भएको विषय सामाजिक सञ्जालमा यत्रतत्र फैलिएको छ,’ उनले भनिन्, ‘यसले अन्तर्राष्ट्रिय स्तरमा नेपाली समाज र राष्ट्रको छविमाथि गम्भीर प्रश्न उठाएको छ।’

सांसद विकले उक्त घटनाको वास्तविकता सदनलाई जानकारी गराउन सरकारसँग माग गर्दै आरोप सत्य प्रमाणित भए सांसद कार्कीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *