अमेरिकालाई नेपालकाे कीर्तिमानी चुनाैती, इशान र दीपेन्द्रको अर्धशतकमा ३१८ रनको लक्ष्य
खेलकुद
काठमाडौं । नेपाली टोलीका नयाँ शीर्ष क्रमका ब्याट्सम्यान इशान पाण्डे र अर्का ब्याटर दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट प्रदर्शन मद्दतमा नेपालले अमेरिकालाई ३१८ रनको फराकिलो लक्ष्य दिएको छ।
काठमामडौंको कीर्तिपुरमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय त्रिदेशीय क्रिकेटमा पाण्डेले लगातार दोस्रो अर्धशतक बनाउँदा दीपेन्द्र पनि ५० रन कटाउँदै नेपालको स्कोर ३०० माथि लैजान भूमिका खेलेका हुन्।
दीपेन्द्रले रनआउट हुनुअघि ३६ बलको सामना गर्दै ५९ रनको शानदार पारी खेले । इशान र दीपेन्द्रको गतिलो प्रदर्शन बलमा नेपालले ८ विकेटको क्षतिमा पूरै ५० ओभर खेल्दै ३१७ रन बनाउन सफल भएको हो ।
यसअघि जेठ ४ मा भएको स्कटल्यान्डविरुद्धको खेलमा पनि पाण्डेले अर्धशतक बनाएका थिए । अमेरिकाविरूद्ध पनि शुक्रबार त्यस्तै प्रदर्शन गर्दै उनले ८४ रनको योगदान दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
