`

कैदीलाई भगाउन आह्वान गर्ने खत्री खतरामा, अनुसन्धान हुने भएपछि भने : ‘मान्दिन’ [भिडियो]

Nepal One HD १७ जेठ २०८३ १२:४६
भिडियो

काठमाडौं। भदौ २३ र २४ गतेका घटनाबारे अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले नाम सिफारिस गरेपछि रास्वपा सांसद तथा पूर्व पत्रकार राजीव खत्री रिसले चुरचुर बनेका छन्।

सामाजिक सञ्जालमार्फत कारागारमा रहेका कैदीलाई भगाउन आह्वान गर्ने खत्रीले आफूलाई सुनपानीले चोख्याउनु पर्ने भन्ने जस्ता अभिव्यक्ति दिइरहेका हुन्।

उनले आयोगको प्रतिवेदन कांग्रेस वा एमालेको कार्यालयमा बसेर तयार गरिएको हो कि भन्ने प्रश्न उठाउँदै उक्त प्रतिवेदन मान्नुपर्ने कुनै बाध्यता नरहेको जिकिर गरे।

एक सार्वजनिक कार्यक्रममा उनले प्रश्न गरेका छन्, ‘आयोगले कांग्रेस वा एमालेको कार्यालयमा बसेर त्यो प्रतिवेदन तयार गरेको हो ?’

तर, यिनै खत्री यसअघि गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक हुँदा भने निकै उत्साहित देखिएका थिए।

त्यसबेला उक्त प्रतिवेदनले उनीसहित रास्वपाका कुनै पनि नेतालाई अनुसन्धानका लागि सिफारिस गरेको थिएन। तर एमाले अध्यक्ष केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक जेल परेपछि भने उनी खुसीले मैमत्त देखिन्थे।

सामाजिक सञ्जालमार्फत अराजकता मच्चाउने खत्री अहिले मानव अधिकार आयोगको प्रतिवेदनमा अनुसन्धानका लागि सिफारिस भएपछि आक्रोशित देखिएका छन्। उनको आक्रोश प्रतिवेदन आफूले अपेक्षा गरेअनुसार नआएकै कारण व्यक्त भएको देखिन्छ।

उता, राष्ट्रिय मानव अधिकार आयोगले नेकपा एमालेका अध्यक्ष ओली, तत्कालीन गृहमन्त्री लेखक तथा तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समेत कारबाहीका लागि सिफारिस गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *