`

खोला किनारका जोखिमपूर्ण सुकुमवासी व्यवस्थापन गर्न डोजर चलाइयो : प्रधानमन्त्री 

Nepal One HD १७ जेठ २०८३ १४:००
प्रमुख खबर

काठमाडौं।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले खोला किनारमा जोखिमपूर्ण अवस्थामा बसोबास गर्दै आएका सुकुमवासीलाई व्यवस्थापन गरिएको बताएका छन्।

उनका अनुसार एक आना पनि जग्गा नभएका परिवारलाई उपयुक्त विकल्पमार्फत जग्गा उपलब्ध गराइने योजना रहेको छ। साथै डुबानमा पर्ने, स्वास्थ्य जोखिममा रहेका तथा ज्यान जोखिममा परेका बस्तीहरूलाई प्राथमिकताका आधारमा स्थानान्तरण गरिएको उनले स्पष्ट पारे।

मेयर शाहले जोखिमपूर्ण बस्तीहरूमा डोजर प्रयोग गरी खाली गराउनुको उद्देश्य मानवीय सुरक्षा र दीर्घकालीन व्यवस्थापन रहेको दाबी गरे। उनका अनुसार नदी किनारका असुरक्षित संरचनाका कारण बाढी, डुबान र स्वास्थ्य समस्या बढ्दै गएको थियो।

बालेनले यस्तो व्यवस्थापनलाई ‘विकास र सुरक्षा केन्द्रित कदम’का रूपमा व्याख्या गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *