रवि लामिछानेको आह्वानमा रास्वपा सचिवालय बैठक भर्चुअल रूपमा बस्ने, यस्तो छ कार्यसूचीमा
प्रमुख खबर
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक भर्चुअल रूपमा बस्ने भएको छ ।२०८३ साल जेठ १७ गतेको लागि सभापति रवी लामिछानेको आह्वानमा बस्न लागेको हो ।
महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार बैठक जेठ १७ गते बेलुकी ८ जे जुममार्फत भर्चुअल रूपमा आयोजना गरिनेछ।
बैठकको मुख्य कार्यसूचीमा समसामयिक राजनीतिक अवस्था र पार्टी गतिविधिबारे छलफल गर्ने, विभिन्न आयोग तथा विभागहरूको मनोनयन, अनुशासनात्मक कारबाहीसम्बन्धी विषयहरू, तथा महाधिवेशन तयारीसँग सम्बन्धित विभिन्न कार्यविधि र संरचनात्मक विषयहरू रहेका छन्।
त्यसैगरी प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमितिहरू, निर्वाचन कार्यविधि, तथा पार्टी विधान संशोधनसम्बन्धी विषयहरूमा पनि छलफल हुने जनाइएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
