ह्याक भयो एमालेको वेबसाइट [भिडियो]
नेकपा एमाले
काठमाडौं । नेकपा (एमाले) को मुख्य वेबसाइट नखुल्ने भएपछि साइबर आक्रमण (ह्याक) भएको आशंका गरिएको छ। Cpnuml.org नामबाट सञ्चालन हुँदै आएको वेबसाइटमा शुक्रबारदेखि पहुँच बाहिर पुगेको हो ।
वेबसाइट खोल्न खोज्दा पृष्ठ लोड नहुने तथा सेवा अवरुद्ध भएको देखिएको छ। यद्यपि साइट बन्द हुनुको कारणबारे पार्टी वा सम्बन्धित प्राविधिक निकायले औपचारिक जानकारी सार्वजनिक गरेका छैनन्। हाल एमालेले आधिकारिक वेबसाइट cpnuml.org मार्फत पार्टीका गतिविधि तथा सूचना प्रवाह हुँदै आएको छ।
वेबसाइटमा देखिएको समस्याले साइबर सुरक्षा सम्बन्धी प्रश्नसमेत उठाएको छ। प्राविधिक समस्या, सर्भर अवरोध वा साइबर आक्रमणमध्ये कुन कारणले सेवा प्रभावित भएको हो भन्नेबारे स्पष्ट हुन बाँकी छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
