पत्रकार महासंघ किन उत्रियो सडकमा ? [तस्वीरहरू]
काठमाडौं। सूचना र विज्ञापनसम्बन्धी विभेदकारी तथा स्वेच्छाचारी सरकारी निर्णय खारेज गर्न माग गर्दै नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले बुधबार प्रदर्शन गरेको छ।
महासंघले प्रेस स्वतन्त्रता तथा संवैधानिक हकको संरक्षण सुनिश्चित गर्नुपर्ने, साथै सूचना प्रवाहमा देखिएको अवरोध अन्त्य गर्नुपर्ने मागसहित सडक विभाग अगाडि धर्ना कार्यक्रम आयोजना गरेको हो।
धर्नामा सहभागी पत्रकारहरूले वर्तमान नीतिहरूले सञ्चार क्षेत्रलाई विभेदपूर्ण व्यवहार गरेको आरोप लगाउँदै यस्ता निर्णय तत्काल सच्याउन सरकारसँग आग्रह गरेका छन्।
त्यस्तै, संसदमार्फत सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहल गर्नुपर्ने र नागरिकको निर्वाध सूचना उपभोगको अधिकार सुनिश्चित गर्नुपर्ने माग पनि उनीहरूले उठाएका छन्।
महासंघका प्रतिनिधिहरूका अनुसार सरकारले सूचना र विज्ञापन नीतिमा गरेको पछिल्लो व्यवस्था प्रेस स्वतन्त्रतामाथि असर पार्ने भएकाले यसविरुद्ध आन्दोलनलाई निरन्तरता दिइनेछ।











