`

प्रचण्ड, नेपाल र खनालसँग संविधान संशोधन कार्यदलले गर्यो छलफल

Nepal One HD २८ जेठ २०८३ १९:१८
समाचार

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार पार्ने कार्यदलले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालसँग सुझाव तथा परामर्श लिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र’ तयारी कार्यदलले बिहीबार तीनै जना पूर्वप्रधानमन्त्रीसँग छलफल गरेको हो।

सुझाव संकलन अभियानअन्तर्गत कार्यदलको टोली ललितपुरको मानभवनस्थित प्रचण्ड निवास पुगेको थियो। सो अवसरमा पूर्वप्रधानमन्त्री नेपाल र खनाल पनि उपस्थित रहेका थिए।

कार्यदलले संविधान संशोधनका विभिन्न विषयमा तीनै नेतासँग सामूहिक रूपमा विचार–विमर्श गरेको जनाएको छ। प्राप्त सुझावलाई बहसपत्रको प्रारम्भिक मस्यौदा तयार पार्ने क्रममा समेटिने कार्यदलले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *