`

रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान

Nepal One HD २९ जेठ २०८३ ६:२७
प्रमुख खबर

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको अधिवेशन यही जेठ ३० गते हुने भएको छ ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगले सूचना जारी गरी यही जेठ २७ गते रोकिएको निर्वाचन जेठ ३० गते हुन लागेको जानकारी दिएको हो ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले मतदाता नामावली प्रमाणीकरण, समायोजन सूचीको व्यवस्थापन, प्राविधिक परीक्षणलगायतका सम्पूर्ण तयारी सम्पन्न भइसकेकाले जेठ ३० गते निर्वाचन हुने जानकारी दिनुभयो ।

विद्युतीय मेसिनमार्फत मतदानको व्यवस्था गरिएको रास्वपा निर्वाचन आयोगले जनाएको छ । रास्वापाले मतदान गर्नका लागि पार्टीले उपलब्ध गराएको आधिकारिक फोटोसहितको परिचयपत्र र लेभी बुझाएको प्रमाण, तोकिएको समयभित्र मतदान केन्द्रमा उपस्थित हुनुपर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *