`

हर्क साम्पाङसहित सांसदद्वारा रोष्ट्रम घेराउ [तस्वीरहरू]

Nepal One HD ३ असार २०८३ १४:३५
फोटोफिचर

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सहित सांसदहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै उनीहरूले सदनमा उठेर विरोध जनाएका हुन्।

सांसदहरूले रोष्ट्रम घेराउ गर्दै नाराबाजी तथा विरोध जारी राखेपछि बैठकमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

सभामुखले दिएको निर्देशनको पालना नभएको भन्दै सांसदहरूलाई पटक-पटक बस्न आग्रह गरिएको थियो। यसअघि पनि सभामुखले बस्न आदेश दिँदै सदनको मर्यादा कायम राख्न सचेत गराइसकेका थिए।

तस्वीरहरू:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *