राप्रपाको केन्द्रीय समिति बैठक जारी [तस्वीरहरू]
फोटोफिचर
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज सुरू भएको छ ।
बैठक प्रारम्भ हुनुअघि नै सहभागीताको विषयलाई लिएर पार्टीभित्र विवाद उत्पन्न भएको हो।
अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान अनुसार अधिकार प्राप्त नभएका व्यक्तिहरूलाई समेत सहभागी गराउन खोजेको आरोप लगाउँदै पार्टी भित्रका असन्तुष्ट समूहले बैठक बहिष्कार गरेका छन्।
गत फागुन २१ गतेको निर्वाचनमा उम्मेदवार बनेका सबै व्यक्तिलाई बैठकमा बोलाइएको भन्दै पार्टी भित्र असन्तुष्टि बढेको छ।
उद्घाटन सत्रमा निवर्तमान अध्यक्ष प्रकाश चन्द्र लोहनी, निवर्तमान अध्यक्ष कमल थापा, वरिष्ठ नेता तथा उपाध्यक्ष विक्रम पाण्डे लगायतको कुर्सी खाली छन्।
तस्वीरहरू:
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट










