सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
काठमाडौं । सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ।
संसद्को अधिवेशन नरहेका बेला सरकारले ल्याएको उक्त अध्यादेश अधिवेशन सुरु भएकै दिन गत २८ वैशाखमा प्रतिनिधिसभामा पेस गरिएको थियो।
अध्यादेशको आवश्यकता र प्रक्रियाबारे विपक्षी दलहरूले प्रश्न उठाउँदै विरोध जनाएका थिए। नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढाले उक्त अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव समेत दर्ता गरेका थिए।
सभामा सो प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा अस्वीकृत भएको थियो। त्यसपछि सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव राखेकी थिइन्।
सो प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएपछि अब सरकारले सो अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ल्याउने बाटो खुलेको छ।
भिडियो:
