`

बालेन सचिवालयका तीन सदस्य रास्वपा केन्द्रीय समितिमा उम्मेदवारी,को-को ?

Nepal One HD १० असार २०८३ १२:५८
प्रमुख खबर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय समिति सदस्य पदका लागि उम्मेदवारी दर्ता हुने क्रममा प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन)को सचिवालयमा कार्यरत तीन जनाले उम्मेदवारी दिएका छन्।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल तथा स्वकीय उपसचिव एवं युवा नेतृ प्रकृति ढकालले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका हुन्।

अशिम शाहले मुस्लिम समावेशी समूहअन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। उनी लामो समयदेखि पार्टीको नीति, राजनीतिक रणनीति र संगठन निर्माणसँग जोडिँदै आएका छन्।

त्यस्तै, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्। पार्टीभित्र नीतिगत बहस र सुशासनका विषयमा सक्रिय भूमिका खेल्दै आएका ढकाललाई संगठनभित्रको परिचित अनुहारका रूपमा हेरिन्छ।

यता, स्वकीय उपसचिव प्रकृति ढकालले खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन्। युवा पुस्ताको प्रतिनिधित्व गर्दै आएकी उनी पार्टीका विभिन्न कार्यक्रम तथा संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएकी छन्।

रास्वपाको प्रथम महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया जारी रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *