`

गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : एमाले सांसद लिम्बू

Nepal One HD २६ असार २०८३ १४:०१
नेकपा एमाले

काठमाडौं। प्रमुख विपक्षी दल नेकपा (एमाले) ले राइड-सेयरिङ चालक गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद भूमिका लिम्बू सुब्बाले गणेश नेपालीको मृत्यु सामान्य घटना नभई राज्यको कार्यशैलीसँग जोडिएको गम्भीर विषय भएको बताइन्।

‘यसको जिम्मेवारी सरकारले लिनुपर्छ । गणेश नेपालीको मृत्यु केवल एउटा नेपालीको मृत्यु मात्रै होइन,’ उनले भनिन्।

सांसद लिम्बूले ट्राफिक व्यवस्थापनका नाममा नागरिकमाथि हुने व्यवहारप्रति पनि प्रश्न उठाउँदै सरकारले आफ्नो कार्यशैलीको समीक्षा गर्नुपर्ने धारणा राखिन्।

‘राज्यले लिने ट्राफिक जरिवाना उचित हो वा होइन भनेर गणेश नेपालीको अनुहारमा हेर्नुस्,’ उनले भनिन्।

उनले घटनाको निष्पक्ष छानबिन गर्दै दोषीमाथि कानुनी कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी सरकार जिम्मेवार बन्नुपर्ने माग समेत गरिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *