`

नेप्सेको ओरालो यात्रा : झिनो अङ्कले घट्यो

Nepal One HD २६ असार २०८३ १६:१७
अर्थ समाचार

काठमाडौं। धितोपत्र बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक एक दशमलव १३ अङ्कले घटेर दुई हजार ६१० दशमलव ६८ विन्दुमा कायम भएको छ ।

ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५८ अङ्कले घटेर ४५३ दशमलव ६० विन्दुमा पुगेको छ । फ्लोट सूचक शून्य दशमलव १५ अङ्कले घटेर १७८ दशमलव ५२ र सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव १९ अङ्कले ओरालो लागेर १५३ दशमलव ४७ विन्दुमा कायम भएको छ ।

आज एक करोड ६ लाख ६० हजार ५३७ कित्ता सेयर ६ अर्ब ८६ करोड ७ लाख १८ हजार ६५८ रुपैयाँ बराबरमा खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

१३ उपसमूहमध्ये सात उपसमूहको परिसूचक घट्दा छ उपसमूह भने बढेका छन् । कारोबार भएका कम्पनीमध्ये १२० कम्पनीको सेयर मूल्य बढेको छ भने १३५ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, कुमारी इक्विटी फण्ड र कलङ्गा हाइड्रो कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । यता भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, एनआइबिएल स्टेबल फन्ड र सिटिजन बैंक डिबेञ्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *