`

सुनको मूल्य आज कति?

Nepal One HD २८ असार २०८३ ११:०८
अर्थ समाचार

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम गरिएको छ। यो मूल्य शुक्रबारको तुलनामा प्रतितोला ६०० रुपैयाँले बढी हो। शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघले सार्वजनिक गरेको विवरणअनुसार आइतबार सुनको प्रति १० ग्राम मूल्य २ लाख ४६ हजार ९१५ रुपैयाँ निर्धारण गरिएको छ।

यता, चाँदीको मूल्य भने घटेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण गरिएको छ। यो शुक्रबार कायम रहेको प्रतितोला ४ हजार ५१० रुपैयाँको तुलनामा ३५ रुपैयाँ कम हो।

चाँदीको प्रति १० ग्राम मूल्य ३ हजार ८३७ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढाव, विनिमय दर तथा अन्य बजार अवस्थालाई आधार मानेर दैनिक रूपमा नेपाली बजारका लागि सुन र चाँदीको कारोबार मूल्य निर्धारण गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *