एसीसी महिला यू-१९ प्रिमियर कप : सिंगापुरमाथि १५१ रनको फराकिलो जितसँगै नेपालको लगातार दोस्रो विजय
खेलकुद
काठमाडौं । नेपालले एसीसी महिला यू–१९ प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ। आइतबार मलेसियास्थित यूएसडी यूकेएम ओभलमा भएको समूह ‘डी’को खेलमा नेपालले सिंगापुरलाई १५१ रनको विशाल अन्तरले पराजित गरेको हो।
यस जितसँगै नेपालले लगातार दोस्रो सफलता हासिल गर्दै चार अंक जोडेको छ। यता, सिंगापुर भने लगातार दोस्रो हारसँगै अंकविहीन रहेको छ।
नेपालले दिएको २०० रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित २० ओभर पूरा खेले पनि आठ विकेट गुमाएर मात्र ४८ रन बनाउन सक्यो। नेपालको सशक्त बलिङ आक्रमणसामु सिंगापुरका ब्याटरहरू टिक्न सकेनन् र टोली ठूलो हार बेहोर्न बाध्य भयो।
लगातार दुई जितसँगै नेपाल समूह ‘डी’बाट सेमिफाइनल यात्रातर्फ थप बलियो अवस्थामा पुगेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
