`

प्रधानमन्त्री बालेन र लिङदेनबीच भेटवार्ता

Nepal One HD ३२ असार २०८३ १५:३०
बिशेष

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकार–प्रतिपक्षबीचको संवाद तथा राष्ट्रिय हितसँग सम्बन्धित विविध विषयमा छलफल केन्द्रित रहेको छ।

भेटवार्तामा प्रधानमन्त्री शाह र अध्यक्ष लिङदेनबीच पछिल्ला राजनीतिक घटनाक्रम, संसद्को भूमिका, सुशासन, सेवा प्रवाह, विकास निर्माणका प्राथमिकता तथा राष्ट्रिय सरोकारका विषयमा विचार आदानप्रदान भएको सचिवालयले जनाएको छ।

राप्रपाका तर्फबाट अध्यक्ष लिङदेनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रतिनिधिसभा सदस्य तथा केन्द्रीय सदस्य खुस्बु ओली पनि सहभागी छन्।

पछिल्लो समय केन्द्र र प्रदेशको राजनीतिक समीकरण परिवर्तन भइरहेका बेला प्रधानमन्त्री शाहले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग निरन्तर संवाद गरिरहेका छन्।

सोही क्रममा राप्रपा नेतृत्वसँग भएको यो भेटलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *