मन्त्रिपरिषद् बैठक सुरु,के-के छन् एजेण्डा ?
बिशेष
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)को अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका नियमित प्रशासनिक तथा नीतिगत एजेन्डामाथि छलफल भइरहेको छ।
मन्त्रालयहरूले अघि सारेका विभिन्न प्रस्ताव, समसामयिक प्रशासनिक विषय, नियुक्ति, नीति कार्यान्वयनको अवस्था तथा अन्य नियमित सरकारी कामकारबाही बैठकका मुख्य एजेन्डा रहेका छन्।
सरकारले पछिल्लो समय विभिन्न मन्त्रालयमार्फत अघि बढाइरहेका योजना तथा कार्यक्रमको प्रगति समीक्षा गर्ने, आवश्यक निर्णयहरू गर्ने र मन्त्रालयहरूबाट आएका प्रस्तावमाथि निर्णय लिने तयारी पनि बैठकमा रहेको स्रोतले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
