`

त्रिवि कार्यकारी परिषद्ले पायो पूर्णता, को-को नियुक्त?

Nepal One HD १५ साउन २०८३ १३:५९
प्रमुख खबर

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यकारी परिषद्ले पूर्णता पाएको छ। त्रिवि कार्यकारी परिषद् सदस्यमा चार जना प्राध्यापक नियुक्त भएसँगै परिषद् पूर्ण भएको हो।

त्रिविका प्रवक्ता नविन्द्र भण्डारीका अनुसार भूगोल केन्द्रीय विभागका प्रा. डा. कनिया सापकोटा, वनस्पति केन्द्रीय विभागका प्रमुख प्रा. डा. विजया पन्त, चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा. डा. मोहनराज शर्मा र कानुन सङ्कायका डिन प्रा. डा. डीएन पराजुलीलाई कार्यकारी परिषद् सदस्यमा नियुक्त गरिएको छ।

त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ (संशोधन २०७७) अनुसार कार्यकारी परिषद्को अध्यक्ष उपकुलपति रहने व्यवस्था छ। परिषद्मा शिक्षाध्यक्ष, अध्ययन संस्थानका डीनमध्येबाट एक जना, सङ्कायका डीनमध्येबाट एक जना तथा विश्वविद्यालयका शिक्षकमध्येबाट दुई जना सदस्य रहने प्रावधान छ।

त्यस्तै, विश्वविद्यालयका रजिस्ट्रार कार्यकारी परिषद्को सदस्यसचिव रहने व्यवस्था ऐनमा गरिएको छ।

नवनियुक्त कार्यकारी परिषद् सदस्यहरूको नियुक्ति त्रिवि सभाबाट अनुमोदन गर्नुपर्नेछ। उनीहरूको कार्यकाल दुई वर्षको हुने व्यवस्था रहेको छ।

कार्यकारी परिषद्ले पूर्णता पाएसँगै लामो समयदेखि रोकिएका विश्वविद्यालयका महत्वपूर्ण नीतिगत तथा प्रशासनिक निर्णय अघि बढ्ने अपेक्षा गरिएको छ।

विशेषगरी बजेट पारित, शिक्षक तथा कर्मचारीसम्बन्धी निर्णय, विभिन्न पदमा नियुक्ति तथा विश्वविद्यालयका योजना र कार्यक्रम स्वीकृत गर्न परिषद्को बैठक बस्ने बाटो खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *