`

शेखरले एसियाली आइटीएफमा खेल्ने

Nepal One HD १५ साउन २०८३ १९:४२
खेलकुद

काठमाडौँ। शेखर थापाले ११औँ एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।दुई स्पर्धामा उनले पुरुष ६५-७० केजी तौल समूह र चौथो डान प्याटर्नमा नेपालको चुनौती पेस गर्ने छन् ।

मङ्गोलियाको उलानबाटारमा अगष्ट ३ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुन शेखरसहित ती सदस्यीय टोली आइतबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

अफिसियलका रूपमा नेपाल अन्तरराष्ट्रिय तेक्वान्दो महासङ्घ (आइटिएफ) का अध्यक्ष प्रवीणकुमार कार्की र महासचिव घमबहादुर थापा सहभागी हुनेछन् ।

दुवैले प्रतियोगिता दौरान हुने कोंग्रेस र अम्पायर कोर्षमा पनि सहभागिता जनाउने छन्। महासचिव थापा भने स्वास्थ्यका कारण बिदाइमा उपस्थित थिएनन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले आज यहाँ आयोजित एक कार्यक्रमबीच बिदाइ गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *