`

प्रधानमन्त्री शाहसहित सांसदलाई सभामुखको चेतावनी : ड्रेसकोड उल्लंघन अब स्वीकार्य छैन

Nepal One HD २२ साउन २०८३ ९:०४
बिशेष

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संसद्को गरिमा र मर्यादा कायम राख्न प्रधानमन्त्री बालेन्द्र शाहसहित सबै सांसदलाई संसद् बैठकमा कालो चस्मा नलगाउन निर्देशन दिएका छन्।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अर्यालले सांसदहरूको ड्रेसकोड, आधिकारिक लोगो र मर्यादित पोशाक अनिवार्य रूपमा पालना गर्न आग्रह गर्दै नियम कडाइका साथ कार्यान्वयन गरिने चेतावनी दिएका हुन्।

बैठकमा सांसदहरूको पोशाक र अनुशासनसँगै संसद् लबीमा अनावश्यक भीड गर्ने तथा बैठककै क्रममा ल्यापटपबाट सेयर कारोबार गर्ने गतिविधिप्रति पनि गम्भीर चासो व्यक्त गरिएको थियो।

पछिल्ला दिनमा प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्साल, सांसद खगेन्द्र सुनारलगायत रास्वपाका केही सांसदले संसद् बैठकमै नियमित रूपमा कालो चस्मा लगाउने विषय विवादको केन्द्रमा परेको थियो। प्रतिपक्षी सांसदहरूले यसप्रति आपत्ति जनाउँदै सदनमै प्रश्न उठाएपछि सभामुखले सम्बन्धित दलका प्रमुख सचेतक र सचेतकलाई आफ्ना सांसदबाट ड्रेसकोड पालना गराउन निर्देशन दिएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *